२३ जेष्ठ २०८३, शनिबार

छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा बढ्यो भीड, दुर्गा प्रसाईं ‘अस्वीकार्य’

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ भदौ । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ ।

आज केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग गरिरहेका छन् । केही युवाले कार्की नहुने भन्दै विरोध गरिरहेका छन्

संसद् विघटन गरेर बालेन्द्र शाह (बालेन), हर्क साङपाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि आउनुपर्ने भन्दै केही युवाले विरोध गरिरहेका छन् । उनीहरूले दुर्गा प्रसाईं सैनिक मुख्यालयभित्र रहेका भन्दै उनलाई तुरुन्त बाहिर निकाल्नुपर्ने माग गरिरहेका छन् ।

भीड बढेपछि सेनाले उनीहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।