३० जेष्ठ २०८३, शनिबार

चितवनमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २६ भदौ । जिल्लामा लगाइएको कर्फ्यू हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ ।

आज बिहान ६ः०० बजेदेखि कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।