९ असार २०८३, मंगलबार

सेनाले कारागारबाट फरार भएका ३०३ कैदीबन्दीलाई पक्राउ गर्‍यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ भदौ । नेपाली सेनाले देशका विभिन्न जिल्लाका कारागारबाट फरार भएका ३०३ कैदीबन्दीलाई पक्राउ गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

“सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चारजनालाई पक्राउ गरेको छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ ।