५ असार २०८३, शुक्रबार

हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौंडा, २५ भदौ । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरू भागेका छन् । ७२ जना भागेकामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ । १ जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।

सुधार केन्द्रका प्रमुख प्रदीप गौतमका अनुसार सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए । २२ जना बालकहरू भने सुधार गृहमै बसेको जनाइएको छ । गौतमका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् ।

फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए । सुधार गृहको गेट बाहिर अभिभावकहरू आएपछि ढुंगामुढा भएको उनले बताए । बाहिरबाट अभिभावकहरूले ढुंगामढा गरेपछि बालबन्दीहरूले भित्र तोडफोड गरेर भागेको उनले बताए ।