२७ जेष्ठ २०८३, बुधबार

प्रधानसेनापतिसँग वार्ता गर्न जेनजीसँगै दुर्गा प्रसाईं पनि जंगिअड्डामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ भदौ । प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा छन् ।

‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो । टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतको भनाइ छ ।

‘दुर्गा प्रसाईं पनि जंगीअड्डामा हुनुहुन्छ र आवश्यक परे उहाँ पनि वार्तामा बस्नुहुन्छ,’ एक जेनजी प्रतिनिधिले नेपाल प्रेससँग भने ।