५ असार २०८३, शुक्रबार

वार्ताका लागि प्रतिनिधि टुङ्ग्याउन जेनजीको ढिलाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ भदौ । बदलिँदो परिस्थितिअनुसार मुलुकलाई सहज वातावरणमा अवतरणका लागि नेपाली सेनाले जेनजीलाई वार्तामा बोलाएपनि उनीहरूले आन्तरिक छलफलमा सहमतिको प्रयास गरिरहेका छन् ।

बुधवार दिउँसो उनीहरूको तर्फबाट वार्ताका लागि प्रतिनिधि को को जाने, एजेन्डा केके राख्ने जस्ता विषयमा भर्चुअल छलफल गरेका हुन् । उनीहरूको छलफल सुन्दा सुरुमा काठमाडौँ महानगरका मेयर बालेन साहलाई आग्रह गरेपनि उनले ठोस जवाफ दिइनसकेको बुझिएको छ ।

त्यसबाहेक उनीहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि उनीहरूले आगामी सरकारको नेतृत्व गरेको चर्चा गरेको बुझिन्छ । तर कार्कीले हुन्छ या हुँदैन भनेर कुनै प्रस्ट जवाफ नदिएको बुझिन्छ । तर उनीहरू सबैको आवाज सुन्दा राजनीतिक पार्टीका व्यक्तिलाई आफ्नो समूहमा नराख्नेमा लगभग सबै सहमत देखिन्छन् ।

उनीहरूले सकेसम्म आन्तरिक छलफल छिटो सकेर वार्तामा बस्न खोजेको भए पनि उनीहरूबिच मुद्दा र नेतृत्वमा सहमति जुटिनसकेको बताइएको छ ।