९ असार २०८३, मंगलबार

प्रदर्शनकारीले लुटेका सुरक्षाकर्मीका ३१ थान हतियार बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ भदौ । ‘जेनजी’ प्रदर्शनकारीले लुटेका सुरक्षाकर्मीका ३१ थान हतियार बरामद गरिएको छ । नेपाली सेनाले बुधबार (भदौ २५) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

“काठमाडौंको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको छ,” सेनाले भनेको छ ।

काठमाडौंका गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको पनि सेनाले बताएको छ ।