७ असार २०८३, आइतबार

राति १० बजेबाट सेना परिचालन

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । हालको असामान्य परिस्थितिको लाभ उठाउँदै सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, लुटपाट तथा आगजनी गर्ने गतिविधि भइरहेको भन्दै नेपाली सेनाले त्यस्ता कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाली सेना लगायतका सुरक्षा निकायहरूलाई शान्ति–सुरक्षा कायम राख्ने जिम्मेवारी दिइएको र आज राति १० बजेबाट सेना तैनाथ हुने जानकारी दिएको हो ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधि रोक्न सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दै स्थिति नियन्त्रणमा राख्नेछन्। सम्पूर्ण नागरिकलाई संयमता अपनाई सहयोग गर्न हार्दिक अपिल गर्दछौं।”

सुरक्षाको थप जानकारी परिस्थितिअनुसार पुनः सार्वजनिक गरिने पनि सेनाले जनाएको छ।