२२ असार २०८३, सोमबार

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् ।

उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।

सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन् । सामाजिक सञ्जाल बन्द व्याप्त बेथितीको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरू केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्दा समेत प्रदर्शन रोक्न तयार देखिएका छैनन् ।