काठमाडौं, २४ भदौ । ‘जेन जी’ को प्रदर्शनका क्रममा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवासमा लगाइएको आगोमा परेर खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकारको निधन भएको छ ।
डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए । आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो ।
उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।







प्रतिक्रिया