२९ जेष्ठ २०८३, शुक्रबार

बालेनले फेरि भने– देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


२४ भदौ, काठमाडौं, २४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुनः अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन् । ‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्किनुहोस् ।’

यसअघि डा. सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाहरुले पनि आन्दोलनसामु सरकारले घुँडा टेकिसकेकाले आन्दोलन रोक्न अपिल गरेका थिए ।