९ असार २०८३, मंगलबार

आन्दोलनकारीलाई संयम रहन कुलमान घिसिङको अपिल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन अपिल गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गर्दै हालै देशभर उत्पन्न दुखद् परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरेका हुन् ।

‘सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट बनेको हो, त्यसको तोडफोड नगरी संयम अपनाउनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो।’

युवापुस्ता र आन्दोलनमा संलग्न संस्थाहरुलाई धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्न समेत उलने आह्वान गरेका छन्।

उनले जेनजीसहित अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक रहेकोमा जोड दिए ।