काठमाडौं, २४ भदौ । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको भन्दै सुरक्षा निकायका प्रमुखहरूले संयमता अपनाउँदै संवादमार्फत शान्तिपूर्ण निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन्।
सामूहिक अपिलमा मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडि, एपीएफ प्रमुख राजु अर्याल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा सहभागी छन्।
‘यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबैलाई संयमित रहन आग्रह गर्दछौं। राजनीतिक संवादमार्फत छिटो समाधान खोज्न सम्बद्ध सबैलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।









प्रतिक्रिया