१८ असार २०८३, बिहिबार

वार्ता र संवादबाट समाधान खोज्न प्रधानमन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै संयम अपनाउन अपिल गरेका छन्।

प्रधानमन्त्री ओलीले हिंसा कुनै पनि अवस्थामा राष्ट्रिय हितमा नहुने उल्लेख गर्दै शान्तिपूर्ण संवादमार्फत समाधान खोज्नु नै पार्टीले अपनाउने बाटो हुने स्पष्ट पारेका छन्।

उपस्थित परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक संवादका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरिएको उनको भनाइ छ। सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई यो संवेदनशील परिस्थितिमा संयमित रहन उनले अनुरोध गरेका छन्।