२६ जेष्ठ २०८३, मंगलबार

रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २४ भदौ । रौतहटको विभिन्न स्थानमा मंगलबार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

जेनजी युवा पुस्ताले भ्रष्टाचारसहितका बेथितिका विरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध प्रदर्शन गरेका हुन् । चन्द्रपुर, गौर, गरुडासहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

जेनजी आन्दोलनका कारण राजमार्गको यातायात पनि प्रभावित भएको छ । जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ । यहाँको मुख्य चोक चोकमा बक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जेनजीको प्रदर्शन छिटफुट बाहेक कुनै किसिमको अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।