२२ असार २०८३, सोमबार

कलंकी क्षेत्रमा पनि बिहानैदेखि प्रदर्शन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । काठमाडौंको कलंकी आसपास क्षेत्रका आज बिहानैदेखि प्रदर्शन सुरू भएको छ । बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो ।

कलंकी चोक र खसीबजारमा प्रदर्शनकारीहरूले मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन् । त्यहाँ खटिएका प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन् ।

प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयत्न गरेका छन् । ललितपुरको चापागाउँ, बानेश्वर लगायतका ठाउँमा पनि प्रदर्शन सुरू भएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासनले कफ्र्यु आदेश जारी गरिसकेको छ ।