३० जेष्ठ २०८३, शनिबार

‘जेन जी’हरुको आन्दोलनमा हताहत भएकामा राष्ट्रपति मर्माहत

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनाले आफू दु:खीत भएको बताएका छन् ।

उनले घटनामापरी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरे ।

उनले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका हुन् । उनले घटनामा परी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन् ।

राष्ट्रपति पैडेलले अप्रत्याशित रुपमा आज भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल समेत गरेका छन् ।