काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् ।
समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि बताएका हुन् । कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुःख व्यक्त गरे ।
‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।’
त्यस्तै उनले आजको दिनदेखि यो सरकारको औचित्य पुरै समाप्त भएको समेत बताएका छन् । ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ,’ कोइरालाले लेखेका छन् ।








प्रतिक्रिया