काठमाडौं, २३ भदौ । जेन–जीको प्रदर्शनका क्रममा भएको घटनालाई नेकपा (एमाले)ले हृदयविदारक र दु:खद् भनेको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरेका छन्।
साथै, आन्दोलनकारी र सरकार दुवै पक्षलाई संयमता अपनाएर वार्ताबाट समाधान खोज्न र हिंसा नलम्ब्याउन आग्रह गरेका हुन्।
‘आन्दोलनकारी र सरकार दुवै पक्षलाई संयमता अपनाएर वार्ताबाट समाधान खोज्न र हिंसा नलम्ब्याउन जोडदार माग गर्दछौ’, गौतमले भने ।








प्रतिक्रिया