२९ असार २०८३, सोमबार

स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । चार वर्षे स्नातकतहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातकतहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो ।

विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ ।
जेनजीले गरेको आन्दोलनका कारण देशैभर तनावग्रस्त अवस्था भएपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्थगित गरिएका परीक्षाहरू २, ४ र ५ असोजमा तोकिएकै परीक्षा केन्द्र र समयमा सञ्चालन हुने छन् ।