२४ असार २०८३, बुधबार

जेनजी प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगो लगाए, प्रहरीले निभाए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ भदौ । जेनजी प्रदर्शनकारीले सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएका छन् । आगलागी नियन्त्रणमा आइसकेको छ ।

त्यहाँ कार्यरत एक प्रहरीका अनुसार बानेश्वरबाट लखेटिएका प्रदर्शनकारी त्यहाँ पुगेका थिए । उनीहरूले साँझ पौने ६ बजे आगो लगाए ।

प्रदर्शनकारीको संख्याभन्दा प्रहरी कम भएका कारण तत्काल प्रतिकार गर्न नसकिएको ती प्रहरीले बताए । तर, उनीहरू फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।