२४ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्रीको राजीनामा माग्दै रास्वपाद्वारा मध्यावधि निर्वाचन गर्न माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै मध्यावधि निर्वाचनको माग गरेको छ ।

आज बसेको अकस्मिक सचिवालय बैठकले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले दमन गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीको राजीनामा र मध्यावधिको माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ,’ ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गरेको छ ।