काठमाडौं, २३ भदौ । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध जेन–जी युवाहरूले गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २५६ जना घाइते भएका छन्।
काठमाडौंमा मात्रै १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल, ट्रमा सेन्टर, वीर, केएमसी, पाटन, एभरेष्टलगायत अस्पतालमा सयौँ घाइते उपचाररत छन्, जसमा धेरैको अवस्था गम्भीर छ।
संसद भवनतर्फ प्रवेश गर्ने क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि मृतक र घाइतेको संख्या बढ्दै गएको छ। उपत्यकाबाहिर पोखरा, झापा, मोरङ र इटहरीमा समेत प्रहरी–प्रदर्शनकारीबीच झडप हुँदा थप मृत्यु र घाइते भएका छन्।









प्रतिक्रिया