१५ असार २०८३, सोमबार

५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ भदौ । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन–जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।

घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पु¥याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पु¥याएको जनाएको छ ।

‘बानेश्वरबाट घाइते भएका करिब ५० जनाजतिलाई हामीले एम्बुलेन्समा हालेर विभिन्न अस्पतालमा पु¥याएका हौं’ एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले भने, ‘उनीहरू सबैजसो गोली लागेर रगताम्य भएका घाइतेहरू हुन् । सामान्य प्रकृतिका घाइतेहरूको संख्या अलग हो ।’

महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायतका अस्पतालमा पु¥याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको ती कर्मचारीले बताए । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।