
काठमाडौं, भदौ । निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेर आगजनी गर्न थालेपछि जेन–जीको प्रदर्शन संयोजन गरिरहेकाहरूले ती आन्दोलनकारी आफूहरूसँग सम्बन्धित नभएको बताएको छ । उनीहरूले घुसपैठको आशंका गरेका हुन् ।
सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन् । ‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू हाम्रो हिस्सा होइनन्,’ उनले भने ।
आन्दोलनले आफूहरू सुरूदेखि नै शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको उनले बताए । ‘हामीले सुरूदेखि नै यो प्रदर्शन शान्तिपूर्ण गर्ने भनेर भनिरहेका थियौं। यसमा कुनै आधिकारिक आयोजक, नेतृत्व नभएको र आवाज मात्रै उठाउन भेला हुने भनेका थियौं,’ उनले भने, ‘घुसपैठ हुनसक्ने अनुमान हामीले गरेका थियौं। घुसपैठ भएपछि फर्किन आह्वान ग¥यौं ।’








प्रतिक्रिया