१५ असार २०८३, सोमबार

जेन–जी को प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ भदौ । भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन् । यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन् ।

भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।