काठमाडौं, २२ भदौ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जतिसुकै हेपिए पनि देशलाई हेप्ने प्रवृत्ति कहिल्यै सहन नसक्ने बताएका छन्।
दोस्रो विधान महाधिवेशनको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाभिमानमा सम्झौता अस्वीकार्य हुने स्पष्ट पारे। उनले भने, “मलाई जति सुकै हेपियोस्, म सहन्छु। तर देशलाई हेपेको सहन्नँ। हाम्रो स्वाभिमान माथि ठेस पुर्याउन पाइँदैन।”
सामाजिक सञ्जालबारे धारणा राख्दै प्रधानमन्त्री ओलीले वाक स्वतन्त्रताको पक्षमा आफू र पार्टी दृढ रहेको दोहोर्याए। “हामी वाक स्वतन्त्रताको लागि बलिदान दिएर आएका हौं। तर सामाजिक सञ्जाल कानुनको दायरामा आउनुपर्ने हुन्छ। त्यसैले दर्ता र कर तिर्नुपर्ने कुरा एक वर्षदेखि भन्दै आएका हौं। अस्वीकार गरिएकाले नियन्त्रणमा लिनुपरेको हो,” उनले स्पष्ट पारे।
सामाजिक सञ्जाल बन्दलाई लिएर सरकार वाक स्वतन्त्रताविरोधी भएको भन्ने दाबीलाई उनले भ्रामक टिप्पणी भन्दै खारेज गरे। साथै, जेनजी पुस्तालाई विद्रोह गराउने भनाइको प्रतिवाद गर्दै उनले भने, “जेनजी पुस्ता देशप्रेमी छ। कानुन बुझ्छ। उनीहरू हेपाहा प्रवृत्ति र बेथितिको विरोधी हुन्।”









प्रतिक्रिया