काठमाडौं, २२ भदौ । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने ‘जेन जी’को प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन गरेका छन्।
उमेर हदका कारण स्वयं सहभागी हुन नसक्ने भए पनि जेनजीको उद्देश्य र सोच बुझ्न जरुरी रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।
‘भोलिको र्याली स्वस्फूर्त रूपमा जेनजीको हो। म उमेर हदबन्दीका कारण जान सक्दिनँ, तर तपाईंहरूको कुरा बुझ्नु आवश्यक छ,’ बालेनले भने। उनले राजनीतिक दल र नेताहरुलाई युवाको आन्दोलनमा स्वार्थी नबन्न चेतावनीसमेत दिएका छन्।
साथै उनले जेनजीलाई प्रश्न गर्दै भनेका छन्, ‘प्रिय जेन जी, तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’








प्रतिक्रिया