ललितपुर, २० भदौ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनअन्तर्गत ललितपुरको गोदावरीमा जारी समूहगत प्रस्तुतिकरणमा कोशी प्रदेशको प्रतिवेदन प्रस्तुतीकरण सम्पन्न भएको छ।
अब मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समिति, प्रवास तथा केन्द्रीय निकायका समूह नेताले प्रतिवेदनमाथि सुझाव दिने कार्यसूची छ।
समूहका सुझावमा अन्ततः अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र आवश्यक परे मतदानमार्फत एकीकृत विधान पारित गर्ने तयारी गरिएको हो ।








प्रतिक्रिया