काठमाडौं, २० भदौ । सामाजिक सञ्जाल एक्स (ट्वीटर)ले नेपालमा दर्ता हुनका लागि पत्र पठाएको छ ।
हिजो सरकारले नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि आज एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा पत्र पठाएको हो ।
सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा जानकारी मागिएको छ ।
मन्त्रालयले पनि विवरण उपलब्ध गराइसकेको छ ।








प्रतिक्रिया