५ असार २०८३, शुक्रबार

पैगम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० भदौ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवका अवसरमा आज जिल्लाका पाँच पालिकाले स्थानीय विदा दिएका छन् ।

पैगम्बर हजरतको आज १५००औँ जन्मोत्सव हो । मुस्लिम समुदायको बसोबास रहेका यहाँका मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकव, बाह्रदशी र झापा गाउँपालिकाले बिदा दिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य अमिन अलीले जानकारी दिए ।

आज बिहानदेखि नै मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको व्यानर र प्लेकार्डसहित बजार परिक्रमा गरेर उत्सव मनाइरहेका छन् ।