२७ असार २०८३, शनिबार

पोखरामा आजदेखि एभरेष्ट भलिबल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० भदौ । एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको दोस्रो संस्करण आजदेखि पोखरामा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तरगत आजै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेड भिड्नेछन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् । गत संस्करणमा सहभागी भएको चितवन शक्तिको स्थानमा यस पटक लुम्बिनी लाभाज नयाँ टोलीका रुपमा आएको छ ।

अक्सनबाट सबै टोलीले मार्कीसहित ८–८ जना खेलाडी अनुबन्ध गर्दा ट्यालेन्ट हन्टबाट १ र ३ जना विदेशी खेलाडी भित्र्याएका छन् । यसपटक थाइल्याण्ड, नेदरल्याण्ड्स, रसियादेखि ब्राजिलसम्मका खेलाडी विभिन्न टोलीबाट कोर्टमा उत्रिने छन् ।

भदौ २८ गतेसम्म हुने प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन प्रिमियममा हुनेछ ।