८ असार २०८३, सोमबार

एमाले विधान महाधिवेशनमा फरक मतसहितका प्रस्तावमा पनि छलफल हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) को विधान महाधिवेशनमा पार्टी नेतृत्वले ल्याएका प्रस्तावसँगै फरक मतका दस्तावेजमा पनि छलफल हुने भएको छ।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने महाधिवेशनमा नेता कर्ण थापाले प्रस्तुत गर्ने असहमतिको प्रस्तावसमेत छलफलका लागि सूचीकृत भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीको उद्घाटन भाषणपछि राजनीतिक, विधान संशोधन, संगठनात्मक लगायतका प्रस्ताव प्रस्तुत हुनेछन्। त्यसैगरी अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।

ज्ञवालीले भने, “आज दर्ता भएको कर्ण थापाको असहमतिको प्रस्ताव पनि भोलि अन्य दस्तावेजसँगै प्रस्तुत भई छलफलमा जानेछ।”