१२ असार २०८३, शुक्रबार

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ धरौटीमा रिहा भएका छन् ।

ललितपुर जिल्ला अदालतकी न्यायाधीस निर्मला योङयाको इजलासले उनलाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । गुरुङ आफैँ अदालतमा उपस्थित भएपछि जिल्ला अदालत ललितपुरकी न्यायाधीश निर्मला योङयाको इजलासले बिहीबार धरौटीमा छाड्न आदेश गरेको हो।

मितेरी सहकारी ठगीमा १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ बिगो कायम गरिएको छ। यसमध्ये ३ करोड बढी कुम्भराजसहितको ज्योति भण्डारी र ज्योति गुरुङले ठगी गरेको आरोप छ।

ज्योति भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदीप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम फरार छन्।