काठमाडौं, १९ भदौ । संसदीय सुनुवाइ समिति ९संयुक्त०को सभापति पदमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।
यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका खतिवडा सुनुवाई समितिको सभापतिमा चयन भएका हु्न् । आज दिउँसो २–४ बजेसम्म उम्मेदवारीका लागि समय तोकिएकोमा खतिवडाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन भएका हुन् ।
कुलिङ पिरियडमा छेडखानी प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि संसदीय सुनुवाई समितिको सभापति रहेकी काँग्रेसकै ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापति चयन भएकी थिइन् ।
अहिले न्यौपानेको स्थानमा खतिवडा पुगेका हुन् ।








प्रतिक्रिया