२२ जेष्ठ २०८३, शुक्रबार

एमाले सचिवालय बैठक जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिनेबारे केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले राखेको फरक मतबारे विधान महाधिवेशनमा छलफल गराउने कि नगराउने भन्नेबारे पनि छलफल हुने बताइएको छ ।

एमालेको विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ।