११ असार २०८३, बिहिबार

कीर्तिपुर क्रिकेट मैदानमा भदौ मसान्तमा प्यारापिटको काम सकिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ भदौ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ । समितिले बुधबार मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको निरीक्षण गरेको हो ।

समितिलाई मैदान स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले हालसम्म भइरहेको कार्यप्रगतिको बारेमा जानकारी गराए । भदौ मसान्तसम्म प्यारापिट निर्माणका सम्पूर्ण काम सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिए । मैदानमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण गरिएको छ। अहिले सिट हाल्ने काम भइरहेको छ ।

फ्लडलाइट जडानको काममा भने अझै एक महिना लाग्ने देखिएको उनले बताए । लाइट आउन बाँकी रहेकोले फ्लडलाइट जडानको काम ढिलो हुने उनले बताए । यद्यपी ६ वटा पोल राख्ने काम भने सकिएको छ ।

समितिका सभापति मायाप्रसाद शर्माले हाल निर्माण कम्पनीले तोकिएको समयमा काम सक्नुपर्ने बताए । उनले हाल निर्माण कम्पनीले हर्जना तिरिरहेको उल्लेख गर्नुहुँदै अब पनि समयमा काम नसकिए पटकपटक म्याद थप्न नसकिने बताए ।

निर्माण कम्पनीले सरकारले तोकेको समयमा काम गर्न नसकेपछि दैनिक हर्जना तिरेर काम गरिरहेको छ ।