काठमाण्डौं, १९ भदौ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संघीय संसदको सुनुवाइ समितिको सभापति बनाउने तयारी भइरहेको छ। राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट केही दिनअघि राजीनामा दिएका खतिवडालाई अब सुनुवाइ समितिको सभापति बनाउन लागिएको हो।
खतिवडा पहिले प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापति थिए। सो क्रममा संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड हटाउने विषयमा छानबिन समितिले उनलाई जिम्मेवार ठहर गरेको थियो। त्यसपछि उनले साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए।
उनको ठाउँमा कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सुनुवाइ समितिकी सभापतिबाट राजीनामा गराएर ल्याइएको थियो। न्यौपाने सुशासन समितिमा स्थानान्तरण भएपछि रिक्त पदमा खतिवडालाई सभापति बनाउने तयारी गरिएको हो।








प्रतिक्रिया