२४ असार २०८३, बुधबार

प्रेस चौतारी नेपालको सचिवालय बैठक, यी हुन् निर्णयहरू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) को जनसंगठन प्रेस चौतारी नेपालको सचिवालयको दोस्रो बैठक सम्पन्न भएको छ ।

बैठकले प्रशिक्षण वर्ष २०८२ लाई सफल बनाउन विभिन्न योजना निर्माण गरेको हो । बैठकले देशको आवश्यकता, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण र जनताको बहुदलीय जनवादको सार ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ का लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अनिवार्य रहेको निष्कर्ष निकालेको संगठनका सचिव हीरामान लामाले जानकारी  दिए ।

बैठकले  पूर्वराष्ट्रपति/उपराष्ट्रपतिलगायत संवैधानिक आयोगका प्रमुखहरूलाई पार्टी सदस्य बन्न नमिल्ने प्रावधान संविधान संशोधनमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ ।

सञ्चार क्षेत्रमा रहेका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको हो । बैठकमा संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र पार्टी स्थायी कमिटी सदस्य तथा संगठनका इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेत र सचिवालय सदस्यहरूको सहभागिता रहेको थियो ।

बैठकले केन्द्रीय समितिको बैठक कात्तिक २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको छ ।