११ असार २०८३, बिहिबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।

बुधबार प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन ।

चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।