१ असार २०८३, सोमबार

सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गरेका हुन् । उनले सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिसमा जुट्न आग्रह पनि गरे ।

महासचिव पोखरेलले लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।