
काठमाडौं, १९ भदौ । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्दैछ ।
बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा प्रत्यायोजित विधायन र कानून समाजसँग समितिको सहकार्य सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
छलफलका लागि पूर्वउपसभामुख तथा नेपाल कानून समाजकी अध्यक्ष पुष्पा भुसाल र नेपाल कानून समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनामाथि छलफल र पारित, लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवं अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची छ ।








प्रतिक्रिया