३१ जेष्ठ २०८३, आइतबार

नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् ।

कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था रहेको बताउँदै बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयकको आधारभूततत्व रहेको बताए ।

उनले भने ‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौं । आमा पनि बंश हो । आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकताका आधारमा सन्तानले नागरिकता पाउँछ भन्ने कुरालाई सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व हो,’ ।

बाबु भएको आधार पुष्टि गर्न नसकेको पनि बाबुहरुको नाम जन्म दर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरुका हकमा बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ ।

उनका अनुसार नेपालको अन्तरिम संविधान बमोजिम बाबु वाआमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ । यस्तै नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गर्नुका साथै विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने गृहमन्त्री लेखकले बताए ।

विधेयकमा सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

विधेयक पारित अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एकरुपता कायम हुने गृहमन्त्री लेखकले बताए ।