
काठमाडौं, १८ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सञ्चालनसम्बन्धी कार्यविधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइन् । सदस्य सचिव घिसिङले कार्यदलले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरेपछि कार्यान्वयनमा आउने जानकारी दिए ।
खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडी मैत्री, सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाव सहित प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।









प्रतिक्रिया