२० असार २०८३, शनिबार

४ करोडसहित पक्राउ परेका विनोदका छोराको अफिसमा पनि प्रहरीको छापा

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ भदौ । काठमाडौंको गोंगबुमा ४ करोड २५ लाख ५० हजार रुपैयाँ र ९ किलो भन्दा बढीसुनसहित समातिएका विनोदकुमार श्रेष्ठको छोराको अफिसमा पनि प्रहरीले छापा मारेको छ ।

विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको हो । सनम खड्गीको घरमा कोठा भाडा लिएर राजकुमार बसेको सूचना पाएपछि त्यहाँ छापा मारेको प्रहरीले ९० हजार ५ सय नगद फेला पारेको छ ।

त्यसैगरी सुनको ५ थान छड्के तिलहरी, १ थान नौगेडी, २ थान बेरुवा औठी र १ थान सुनको लकेट बरामद गरेको छ । यसअघि बाबु विनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले चार करोड २५ लाख ५० हजार बरामद गरेको थियो । बरामद सुनका विभिन्न गरगहनाहरु तौल गर्दा ९ किलो ८३७ ग्रा, ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका थिए ।

पक्राउ परेका विनोदलाई नगद र गरगहनासहित राजश्व अनुसन्धन विभागको कार्यालय हरिहर भवन पठाइएको छ ।