६ असार २०८३, शनिबार

बिदा भए आईजीपी दिपक थापा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा अनिवार्य अवकासमा गएका छन् ।

गृहमन्त्री रमेश लेखक लगायतले आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा थापालाई विदाई गरेका हुन् ।

बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।

गृहमन्त्री लेखकले सफल कार्यकाल सम्पन्न गरी सेवा निवृत्त भएका थापालाई बधाई दिँदै उनको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक र इमानदारीपूर्वक सम्पन्न गरेको गृहमन्त्रीले उल्लेख गरे ।