२५ जेष्ठ २०८३, सोमबार

जुम्लाबाट स्याउ ल्याएको गाडीलाई राकेर घुस माग्ने गरिएको सांसद शाहीको आरोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द हुदाँ पनि सरकारको ध्यान नगएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले चार दिनदेखि बन्द जुम्लादेखि आउने बाटोमा सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले लगेर काम गरेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गरेका छन् ।

उनले भने, ‘जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द छ । सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले कोदोमा कुटो हाने जसरी त्यो सडक हानेको छ । त्यो सडक खोल्न गाह्रो भएको छ, बल्ल बल्ल खोलीएको थियो फेरि राती पहिरो आयो, त्यसकारण एउटा मात्र बाटो खुलाउने उपकरण होईन कि सडक डिभिजन कार्यालय सुर्खेत, जुम्लालाई त्यहाँ अहिले यो स्याउ आउने सिजनमा सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गर्न चहान्छु ।’

यस्तै, उनले प्रहरीले स्याउ ल्याउने किसानसँग सय रुपैयाँसम्म घुस मागेको भन्दै स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न पनि अपिल गरेका छन् ।

उनले भने, ‘सभामुख मार्फत गुहमन्त्रीलाई भन्न चहान्छु जुम्लाबाट स्याउ ल्याएको हो अफिम होईन ठाउँ ठाउँमा प्रहरीले चेक गरेर सय रुपैयाँसम्म घुस मागेको छ । किसानसँग त्यसकारण म यहीबाट भन्न चहान्छु स्याउ ल्याएको हो र स्याउ ल्याएको गाडी कतै पनि चेक नगरियोस ।’

साथै, भिटिज भिसा प्रकरणमा निरन्तर आन्दोलनरत रहेको भन्दै आज पनि बैठक बहिष्कार गर्ने पनि उनको भनाई छ ।