३० असार २०८३, मंगलबार

सुनको मूल्य हालसम्मकै उच्च

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।