३० जेष्ठ २०८३, शनिबार

पाँच महिना १३ दिन प्रहरीको नेतृत्व गरेर बिदा हुँदै आइजीपी थापा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ भदौ । नेपाल प्रहरीका ३१ औँ महानिरीक्षक दीपक थापा अनिवार्य अवकासमा गएका छन् ।

प्रहरीको ३० वर्षे सेवाहदका कारण थापा बिदा भएका हुन् । उनले पाँच महिना १३दिन प्रहरीको नेतृत्व गरे । प्रहरी प्रधान कार्यालयले थापाको बिदाईमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।

दिउँसो दुई बजे प्रहरी हेडक्वार्टरमा सबै दर्जाका प्रहरीहरुलाई उपस्थित हुने निर्देशन दिइएको छ । थापाको छोटो कार्यकाल पनि विवादरहित रहन सकेन । आईजीपी नियुक्त भएसँगै थापाले एक महिना पहिल्यै बिदा हुने बताए पनि आफ्नो अवधि लम्ब्याउन नियमावली संशोधनकै चलखेल भयो ।

यही बीचमा थापाकै निर्देशनमा हातहतियार र बन्दोबस्तीका सामान खरिदमा सेटिङमा ठेक्का लगाइएको भन्दै आलोचना भयो । थापा आईजीपी बनेकै दिन काठमाडौंबाट २५ करोड नगद बरामद भएपछि प्रशंसा पाएका थिए । तर, चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनमा म्याद गुज्रेका अश्रुग्यास हान्नेदेखि अनावश्यक बल प्रयोग गर्नेसम्मका कदमहरु विवादित बने ।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका समयमा पूर्वगृहमन्त्री रवि लामिछानेको सरुवादेखि ठगीका मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्नेसम्मका काममा उनको नेतृत्व पनि असफल सावित भयो ।

३२ औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङ नियुक्त भईसकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो । उनले भोलिदेखि कार्यभार सम्हाल्नेछन् ।