
काठमाडौं, १७ भदौ । अस्ट्रेलियामा सम्पन्न टप इन्ड टी–२० शृङ्खला खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । ११ वटा टोली सहभागी प्रतियोगितामा नेपाल आठौं स्थानमा रहेको थियो । टप इन्ड टी–२० शृङ्खलामा नेपालले ६ खेलमा २ मा जीत र ४ मा हार बेहोरेको थियो ।
यो शृङ्खलापछि नेपालले अस्ट्रेलियामै ५ वटा अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई २ वटै टी–२० मा हराएको थियो । यस्तै नेपालले एकदिवसीय अभ्यास खेलमा साउथ अस्ट्रेलियालाई हराएको थियो । तर नेपाल साउथ अस्ट्रेलियासँगको २ वटै टी–२० मा पराजित भएको थियो ।
आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गरेको हो ।









प्रतिक्रिया